काठमाडौं । बाआमाले नै दोस्रो बिहेगरेपछि गोरखा डाँडेगाउँकी पुतली चेपाङको बिचल्ली भएको छ ।
पुतलीकी आमा अर्कैसँग हिँडेको केही समयपछि बुबा एकबहादुरले पनि कान्छीआमा ल्याएर हिँडेपछि पुतलीसँगै उनका दाइदिदीको बिचल्ली भएको हो। पुतलीलाई अहिले हजुरआमा धनमाया चेपाङले पालिरहेकी छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
‘बिहान खोलेफाँडो पकाउँछु । साँझमा उसिनेको पिँडालु खान्छौं’ धनमायाले भनिन्, ‘बाआमाले नै छाडेपछि नातिनातिनीको बिजोग भएको छ ।’
पुतलीका दुवै दाइहरु भारतको हिमाञ्चलमा छन् भन्ने खबर आएको धनमायाले वताइन् ।
बाआमाको गैरजिम्मेवारीका कारण किताब कापी बोकेर विद्यालय जानु पर्ने उमेरमा अहिले पुतली हजुरआमासँग वनमारा घारीमा बाख्रा चराउँन जान्छिन् । ‘स्कुल जान मान्दिन, भर्ना पनि गरेको छैन ।’ धनमायाले भनिन्, ‘म जहाँ गयो त्यहीं जान्छे । राति पनि सँगै सुत्छौं ।’