काठमाडौँ। राष्ट्रिय सभा सदस्य विमला घिमिरेले, एयरपोर्ट सुन प्रकरणमा सरकार संचालकको नाम जोडिनु लज्जास्पद भएको टिप्पणी गरेकी छिन् ।
राष्ट्रिय सभाको बिहिबारको बैठकको शुन्य समयमा उनले एयरपोर्ट जस्तो संवेदनशील ठाउँबाट सरकारकै आड ठुलो परिणाममा सुन तस्करी हुनु दुखद भएको बताइन् ।
उनले भनिन् ‘एयरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत यसमा जोडिनु गम्भिर विषय हो र त्यसमाथि सरकार संचालक समेत यसमा जोडिनु लज्जास्पद विषय बन्न पुगेको छ ।’
Facebook Comments Box
