दमक । पूर्वमानै पहिलो एक हजारवाट क्षमताको झापाको दमकबाट प्रशारित रेडियो पाथीभरा एफ एम आज बाट ११ औ बर्षमा प्रवेश गरेको छ । पुर्वाञ्चलकै पहिलो एक हजारवाट क्षमतामा प्रशारण भईरहेको यस एफएमले १० बर्ष पुरा गरेर ११ औ बर्षमा प्रबेश गरेको हो ।
२०६३ साल पौष ५ गते तत्कालिन उप–प्रधान तथा परराष्ट्रमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको यस एफ एमले बिभिन्न क्षेत्रका बिषयवस्तुलाई समेट्दै आएको छ । हाल दमक–१४ मा रहेको यस एफ एमले सत्य र ताजा समाचार , मनोरञ्जनात्मक कार्यक्रम , सामुदायिक रेडियो कार्यक्रम, साहित्यीक कार्यक्रम लगायतका बिषयहरुलाई प्रभावकारी रुपमा आफ्नो स्थापना काल देखीनै प्रशारण गर्दै आईरहेको छ ।
प्रत्येक २–२ घण्टाको फरकमा समाचार , बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम, अन्र्तबार्ता मुलक कार्यक्रम, साहित्यीक कार्यक्रम , बाल कार्यक्रम, धार्मिक कार्यक्रम, लैंगिक समानताका कार्यक्रम जस्ता महत्वपुर्ण कार्यक्रमहरु हाल प्रशारण हुदै आएका छन् ।
इलामको मुर्ती डाँडामा सवस्टेशन राखेर प्रशारण भईरहेको यस एफएम पुर्वाञ्चलका अधिकांश जिल्ला, भारतको तथा भुटानको केहि भु–भागमा समेत सुन्न सकिन्छ । एफएमलाई केही प्रतिष्पर्धात्मक रुपमा अगाडि बढाउन चाडै नै रेडियोका लक्षित स्रोताहरुको चाहना बमोजिमका नया कार्यक्रमहरु ल्याउने तयारी एफ एमको रहेको छ ।
यसैबिच पाथीभरा एफ एम ११ औ बर्षमा प्रबेश गरेको अवसरमा एफ एमका अध्यक्ष बलराम पराजुलीले सम्पुर्ण स्रोता , संचालक समिती , कर्मचारी, बिज्ञापनदाता, राजनितीककर्मी , मानबअधिकारबादी , पत्रकार, स्थानीयबुद्धिजिवी, ब्यापारी तथा ब्यवसायीहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको छ ।
१० बर्ष सम्मको अतुलनिय साथ र सहयोगका लागि आभार प्रकट गर्नुभएको छ । आगामि दिनमा समेत सधै साथ र सहयोगको अपेक्षा ब्यक्त गर्नुभएको छ ।