विर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोडले विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई सहकारी बर्ष व्यक्ति २०७३ को सम्मान प्रदान गरेको छ ।
उक्त संस्थाले साहसिक कदमको उच्च मूल्यांकन गर्दै उनलाई सम्मान गरेको बताइएको छ ।
सोमबार सम्पन्न कर्णालीको बार्षिक कार्यक्रममा सम्मानित प्रसाईंका तर्फबाट उनका छोरा डा. निराजन प्रसाईंले सम्मान पत्र ग्रहण गरेका थिए । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नं ३ का सांसद कृष्णप्रसाद सिटौलाले उक्त सम्मान पत्र प्रदान गरेका थिए ।
Facebook Comments Box