झापा । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी कार्यकालका लागि नयाँ समिति चयन गर्न मतदान जारी छ ।
बिर्तामोड ५ मा रहेको संस्थाको मुख्य कार्यालयमा मतदान जारी रहेको हो ।
मतदाता मतदानका लागि बिहानैदेखि लामबद्ध छन् ।
मतदान केन्द्रमा २२ वटा बुथ निर्माण गरिएको छ । संस्थाले आठ हजार ७५६ जना मतदाता प्रमाणित गरेको छ । मतदान बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
आसन्न निर्वाचनका लागि दुई पक्षीय प्रतिस्पर्धा हुँदैछ । स्वतन्त्र प्रगतिशील र लोकतान्त्रिक राष्ट्रवादीले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्र प्रगतिशील प्यानलबाट अध्यक्षमा देवेन्द्र सिटौलासहितका अन्य पदका उम्मेदवार र लोकतान्त्रिक राष्ट्रवादी प्यानलबाट अध्यक्षमा मेघराज बाँस्तोलासहितका उम्मेदवारहरूबीच प्रतिस्पर्धा छ ।
Facebook Comments Box
