दुवागढी । मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा झापामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगरपालिका बस्ने २० वर्षीय मोटरसाइकल चालक मनोज मेचे र १७ वर्षीय रुपेश मेचे छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुवागढीमा गएराति मे ४ प ३०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनाबाट गम्भीर भएको उनीहरुको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box