काठमाण्डौं । सन् २०२५ भित्रै नेपाल लगायत १६ मुलुक अल्पविकसित समूहबाट स्तरोन्नति भई विकासशील समूहमा पुग्ने संयुक्त राष्ट्र संघको एक प्रतिवेदनले जनाएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलनले सार्वजनिक गरेको अल्पविकसित मुलुकको प्रतिवेदन अनुसार नेपाल सन् २०२५ भित्र ती मध्ये २ सूचकको आधारमा स्तरोन्नति भई विकासशील राष्ट्रको समूहमा उक्लिन सक्ने देखिएको हो।
नेपालले आर्थिक जोखिम सूचक र मानव सम्मत्ति सूचकको लक्ष्य पुरा गरेकाले स्तरोन्नति हुन लागेको पनि प्रतिवेदनले जनाएको छ।
Facebook Comments Box