काठमाडौं । आज काठमाडौंवाट प्रकाशित राष्ट्रिय दैनिकका अर्थ पृष्ठमा मुल्य बृद्धि ४.५ प्रतिशतलाई मुख्य समाचार बनाएको छ ।

कारोवार दैनिकले इन्धन आयातवाट डेढ दशकपछि वाषिर्क ५ खर्ब बाहिरिने भनेर मुख्य समाचार बनाएको छ ।
नयाँ पत्रिका दैनिकले भारतवाट सस्तोमा इन्धन आउने भनेर मुख्य समाचार बनाएको छ । त्यस्तै हवाई उडान दुर्गममा घट्दै भनेर अर्को समाचार लेखेको छ ।
नागरिक दैनिकले इन्धन अवरोधमा क्षतिपुर्ति दिन आइओसीद्धारा अस्वीकार भन्ने समाचारलाई मुख्य समाचार बनाएको छ । भूकम्पपछि भवन बीमा निजीको बढ्यो सरकारीको शून्य भनेर अर्को समाचार बनाएको छ ।
मध्यपश्चिमको हब नेपालगञ्ज कोहलपुरलाई आजको अन्नपूर्ण पोष्टले मुुख्य समाचार बनाएको छ ।
राजधानी दैनिकले आयात दुईगुणाले बढ्यो मासुको घट्यो भनेर मुख्य समाचार बनाएको छ । भारु नोट सटही समस्या समाधान गर्न भारत जाँदै राष्ट्रबैंक टोली भन्ने अर्को समाचार प्रकाशन गरेको छ ।
कर्जा निक्षेप अनुपात ८० प्रतिशत भन्दा बढीलाई कारोवार दैनिकले उल्लेख गरेको छ ।