
काठमाडौं । आज काठमाडौंबाट प्रकाशित अधिकांश दैनिक पत्रिकाले कार्टुन प्रकाशित गरेका छैनन् ।
नेपाल समाचारपत्र दैनिकले प्राथमिकताकासाथ ठूलो कार्टुन छापेको छ । सार्वजनिक यातायातका साधनबाट फोहोर फाल्न निषेध गरेको तर सडकमा भने फोहोरको डङ्गुर रहेको सत्यमाथि ब्यङ्ग्य गर्दै कार्टुन प्रकाशित गरेको छ ।
यता कारोबार दैनिकले सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि व्यङ्ग्य गर्दै कार्टुन छापेको छ ।
अन्नपूर्ण पोस्ट दैनिकले भूकम्पपीडितमाथि सरकारले गरेको व्यवास्ताप्रति व्यङ्ग्य गरेको छ ।

Facebook Comments Box
