काठमाडौं । २०७२सालको विनाशकारी भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकवासीले आफूखुसी आवास निर्माण सुरु गरेका छन् । कतिपयले सरकारी इन्जिनियरको उपस्थितिबिना नै आवास निर्माण सम्पन्न गरिसकेका छन् ।

कोहीकोहीले भने गाउँमा खटिएका इन्जिनियरहरुको परामर्शअनुसार नै घर बनाउँन थालेका छन् । सरकारी सहयोगको आशमा वसेका बारपाकवासीले डेढ वर्षसम्म उल्लेख्य सहयोग नपाएपछि आफूखुसी आवास निर्माण सुरु गरेका हुन् ।
उनीहरुले सरकारी मापदण्डअनुसार नभए पनि आफूले बनाएको घर भत्काउँन नदिने वताउने गरेको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
Facebook Comments Box