झापा । जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत दुई जना कर्मचारी राष्ट्रपतिबाट विभूषित भएका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र नायव सुब्बा यदुनन्दन दाहाल विभूषित भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी पोखरेललाई सुप्रबल जनसेवा श्री तृतीय श्रेणीबाट विभूषित गरिएको हो ।
नायव सुब्बा दाहाललाई जनसेवा श्री पंचम श्रेणीबाट विभूषित गरिएको हो ।
साथमा जिल्ला प्रशासन कार्यालय झापाका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने पनि प्रवल जनसेवाश्री तृतीयले विभूषित गरिएको हो ।
उनीहरूलाई शुक्रबार आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभूषित गरेका हुन् ।
Facebook Comments Box
