काठमाडौं । भूकम्प र नाकाबन्दीको असरले निरन्तर उच्च मूल्यवृद्धि चपेटामा परेका उपभोक्तालाई अहसले केही राहत मिलेको छ।
अघिल्लो वर्ष कात्तिकको तुलनामा चालू आर्थिक वर्षको कात्तिकमा मूल्यवृद्धि तीन गुणा कम भएको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
खाद्य, गैर खाद्य बस्तिहित मूल्यवृद्धि दल ४.८ प्रतिशतमा सीमित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष पहिलो चार महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार यो मूल्यवृद्धि दर डेढ दशकयताकै कम हो। सन् २००२ मा मूल्यवृद्ध दर २.९ रहेकोमा गत वर्षसम्म निरन्तर बढेर १३.२ प्रतिशत पुगेको थियो।
Facebook Comments Box