काठमाडौं । नेपाली कांग्रेसनिकट भातृ संगठन नेविसंघ काठमाडौंले केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई सात दिनको अल्टिमेटम दिएको छ । नेविसंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शेर्पाले काठमाडौंलगायत विभिन्न जिल्लामा पत्र पठाएर अध्यक्ष तोक्ने काम गरेको भन्दै सच्याउन अल्टिमेटम दिएको हो ।
नेविसंघ काठमाडौंका सह सचिव निसान महर्जनले, स्ववियु टिकट वितरणमा पारदर्शी नभएको र केन्द्रीय अध्यक्षले, जिल्लाहरूमा विभिन्न पदमा मनोनीत गर्दै पत्र पठाउने काम गरेकोमा आफूहरूले विरोध गरेको बताए । उनले भने ‘हामीले ७ दिनको अल्टिमेटम दिएका छौं । सो अवधिमा तुरुन्त सहमतिका लागि वार्तामा आउनुहोस नत्र हामी देश भरि नै आन्दोलन गर्न तयार छौ।’
हालका अध्यक्ष दुजाङ शेर्पाले एकलौटी रुपमा गुट बचाउन चिठ्ठी आतंक मच्चाएको उनको आरोप छ । ‘एकलौटी रुपमा बाँडिएको चिठी तुरुन्त फिर्ता होस, दुजाङ शेर्पाले आफ्नो गुट बचाउन चिठी आतंक गरेका छन, दुजाङ शेर्पाले कसैको कुरा नसुनी एकलौटी रुपले चिठी बितरण गरेका छन् । नेपाल बिद्यार्थी संघको केन्द्रीय कार्यालयमा ताला लगाएको छौं।’
दुजाङ शेर्पाद्वरा गरिएको कुराको खुलासा गर्न , अमानवीय रूपमा टिकट वितरण गरिएको, आफ्नो गुठको मान्छेलाई टिकट, पत्र वितरण गरेको विरुद्धमा आज नेविसंघले पत्रकार सम्मेलन गरेको हो ।
