काठमाडौं । उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएको छ ।
उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो ।
त्यहाँबाट अन्नपूर्ण अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनी दिउँसो सवा २ बजे खसेका थिए। प्रहरीका अनुसार उनी रूफटपमा एक्लै बसेका थिए। एक्कासी ठूलो आवाज आएपछि क्याफेका कर्मचारी तथा सञ्चालकले हेर्दा उनी खसेको देखेका थिए।
उपचारको क्रममा साढे ५ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
