विर्तामोड । घिसिङ समाज नेपाल, झापाको आयोजनामा दोमाङ पुराण वाचन तथा लुङ्दा फहराउने कार्यक्रम सम्पन्न भएको छ ।
साङाक छ्योलिङ बौद्ध गुम्बा कोटिहोम झापामा भएको कार्यक्रममा घिसिङ समाज नेपालका प्रदेश नंं. १ संयोजक मान बहादुर घिसिङको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी नेपाल तामाङ घेदुङ झापाका अध्यक्ष काजिमान घिसिङ, घिसिङ समाज नेपाल मोरङका अध्यक्ष रंगलाल घिसिङ र बौद्ध धर्मका प्रचारक गडुर सिंह पाख्रिनको विशिष्ट आतिथ्यता रहेको थियो भने नेपाल तामाङ विद्यार्थी घेदुङ झापाका अध्यक्ष हैकम घिसिङ, विष्णु प्रसाद घिसिङ, जनक घिसिङ, रुद्र घिसिङ, लोक बहादुर घिसिङ, निमा डोल्मा तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा घिसिङ समुदायबाट चिकित्साशास्त्रमा एमबिविएस् उत्तीर्ण झापा विर्तामोड–६ का रोशन घिसिङ र धाइजन निवासी ९३ वर्षीय ज्येष्ठ नागरिक सरमान घिसिङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानित डा. रोशन घिसिङले २०६८ सालमा शिक्षा मन्त्रालयबाट खुल्ला समुहमा छात्रवृत्तिमा उत्र्तीण गरी कलेज अफ मेडिकल साइन्सेस भरतपुरबाट यसै वर्ष एमविविएस उत्र्तीण गरेका हुन् । सोही अवसरमा विशिष्ट अतिथि गडुर सिंह पाख्रिनले बौद्ध धर्म सम्बन्धी विभिन्न ८१ थान पुस्तकहरु समाजलाई निशुल्क हस्तान्तरण गरेएको थियो ।
कर्म घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रममाथि प्रकाश घिसिङ समाज नेपाल, झापाका अध्यक्ष विश्वराज घिसिङ पारेका थिए भने कार्यक्रमको सञ्चालन सचिव बद्री कुमार घिसिङले गरेका थिए ।