काठमाडौं, २९ जेठ। पूर्वराष्ट्रपति रामबरण यादव र वर्तमान राष्ट्रपति विद्यादेबी भण्डारी दुबैले आफ्नो नाममा कीर्तिमान राखेका छन् । यादव नेपालको पहिलो राष्ट्रपति हुन् भने भण्डारी पहिलो महिला राष्ट्रपति ।
नयाँ पत्रिका दैनिक अगाडि लेख्छ– कांग्रेसबाट राजनीति सुरु गरेका यादवले पार्टी पदाधिकारी भएर सक्रिय पार्टी राजनीति टुंगो लगाए भने भण्डारी पनि एमाले उपाध्यक्ष भएर सक्रिय राजनीतिबाट अलग भएकी छिन् ।
सैद्धान्तिक रुपमा अलग विचार बोक्ने भएपनि भण्डारी र यादवबीच पारिबारिक नाता जोडिँदैछ । यादवकी भतिजी किरण यादवका छोरा अभिषेक यादव र भण्डारीकी कान्छी छोरी निषाकुसुमबीच विवाह हुन लागेको हो । २०७३ सालमै विवाह हुने भएको बताइएपनि मिति भने तय भइसकेको छैन । उनीहरुबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको छ ।
Facebook Comments Box