मेचीनगर। नेपाल मै पहिलो पटक झापाको मेचीनगरमा स्वास्थ्य महोत्सव हुने भएको छ । नेपाली कांग्रेसको आयोजनामा आगामी माघ ८ गतेबाट १५ गतेसम्म उक्त माहोत्सव हुने भएको हो ।
आज पत्रकार सम्मेलनका विच नेपाली कंग्रेसका केन्द्रीय सदस्य विश्वपक्रकाश शार्माले अन्य धेरै महोत्सव हुने तर स्वास्थ्य महोत्सब नहुने भएकाले जनताहरुको स्वस्थ्य समस्या समाधानको लागि उक्त कार्यक्रमको आयोजना गरिएको बताए । महोत्सवमा २० हजार भन्दा बढिले स्वस्थ्य सेवाको लाभ उठाउन सक्ने बताईएको छ ।
महोत्सबमा स्वास्थ्य बिमा, स्वास्थ्य समस्या तथा स्वस्थ्य सम्बन्धि विभिन्न डाक्टर तथा नेताहरुसँग प्यानल डिस्कसन समेत हुने बताईएको छ । नेपाल तथा विश्वमा नै राम्रा मानिने डाक्टरहरुबाट सेवा प्रदान गरिने र महोत्सब मै विभिन्न ल्याव तथा सल्यक्रिया समेत हुने आयोजक समितिका संयोजक नेपाली कांग्रेस मेचीनगर सभापति इन्द्र बहादुर बुढथोकीले बताए।
त्यस्तै महोत्सब सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरुको समेत गठन गरिएको छ । उक्त महोत्सबको खर्चका सन्दर्भमा नेपाली कांग्रेसको आन्तरिक श्रोतबाट ५० प्रतिशत र अन्य रकम स्टल तथा स्पोन्सरहरुको तर्फबाट हुने बताईएको छ ।