काठमाडौं । संसद भवन नयाँबानेश्वरअगाडि एक पुरुषले आत्मदाह प्रयास गरेका छन्।
संसद बैठकमा सहभागी भएर प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डको गाडी बाहिरिँदै गर्दा इलामका एक पुरुषले आत्मदाह प्रयास गरेका हुन्।
शरीरमा ज्वलनशील पदार्थ हालेर आत्मदाह प्रयास गर्दा इलामको पञ्चकन्या-६ निवासी प्रेमप्रसाद आचार्य गम्भीर घाइते भएका छन्।
उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको बताइएको छ । उनले किन आत्मदाहको प्रयास गरे भन्नेबारे खुल्न सकेको छैन ।
Facebook Comments Box