![]()
काठमाडौं । चीनले नेपाल ढुवानीका लागि चिनियाँ कार्गो रेल सञ्चालनबारे भारतले दिएको अभिव्यक्तिमा कडा प्रतिक्रिया जनाउँदै भारतले यस्तो ठाने अन्त्यहीन समस्या निस्कने चेतावनी दिएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
चिनियाँ सरकारी प्रकाशन ‘ग्लोबल टाइम्स’ दैनिकमा आइतबार प्रकाशित लेखमा ‘चिनियाँ सामाग्री निर्यातलाई भारतमा निर्मित वस्तुको विक्रीको चुनौतीका रुपमा लिइए त्यसले अन्त्यहीन समस्या निम्त्याउने’ प्रतिक्रिया उल्लेख भएको छ।
ग्लोबल टाइम्सलाई वैदेशिक नीतिमा चीन सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने पत्रिकाको रुपमा लिइन्छ ।
लेखमा चिनियाँ कार्गो रेल सञ्चालन विषयमा भारतले नेपालको बजार खोस्न लागेको ठाने त्यसले चीन–भारत सम्बन्धमै समस्या ल्याउने चेतावनी दिइएको छ।
भारतले चीनबाट नेपाली सामान रेलमा आइरहेको बारे भारतीय व्यापारको स्वतन्त्र प्रतिस्पर्धाविहीन पहुँचलाई नराम्रोसँग प्रभावित गर्ने अभिव्यक्ति सार्वजनिक गरेको थियो ।