![]()
काठमाडौं । काभ्रेको सानो बाङथलीकी लक्ष्मी परियारको हत्या भएको समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेपछि सो विषयमा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेको छ। तर, एउटी दलित महिलालाई सार्वजनिक स्थलमा बाँधेर मलमूत्र खुवाएर छातीमा लात्ताले हानेको आरोप लागिसकेपछि पनि दोषीमाथि छानबिन नगरी मिलापत्र गर्न प्रहरी किन अग्रसर भयो भन्ने प्रश्नको जवाफ अहिलेसम्म मिलेको छैन। यो खबर हामीले आजको नयाँ पत्रिकाबाटै लिएका हौ।
गत मंगलबार स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले बोक्सी भन्दै मलमूत्र खुवाएर कुटपिट गरेका थिए। स्थानीय सूर्योदय माविका सामाजिक शिक्षा पढाउने शिक्षक हरि लामाको नेतृत्वमा मंगलबार स्कूलकै खेलमैदानमा नाम्लोले बाँधेर कुटपिटपछि मलमूत्र खुवाएपछि छातीमा लात्तीले हानेर घाइते बनाइएकी लक्ष्मीको शुक्रबार बिहान मृत्यु भएको थियो।
दुई वर्षको भाइ रोएपछि दूध खुवाउन स्थानीयको कोदोबारीमा पुगेकी आमामाथि भएको दुव्र्यवहारबारे उनका १० वर्षीय छोरा सुमनले दिएको बयान आइतबार प्रकाशित भएको थियो।