विर्तामोड । सामाजिक सञ्जाल फेसबुुकबाट बनेको एमआरआर समूहको पाँचौ बार्षिक उत्सब झापामा अनाथ बालबालिकाबीच खुशी साटेर मनाइएको छ ।
एम.आर.आर., झापाले आफ्नो स्थापनाको पाचौं बार्षिक उत्सव मेचिनगर ४ मागुरबाडीस्थित स्वबोध साधना केन्द्रको अनाथ बाल आश्रममा केक काटेर खुशी साटासट गरी मनाएको हो ।
एमआरआर झापाद्वारा आयोजित कार्यक्रममा बाल आश्रमका बालबालिकालार्इ न्यानो टोपी र कपडा हस्तान्तरण गरियो ।
कार्यक्रममा २५ थान एमआरआर लेखिएको न्यानो टोपी(जात्रा फ्लिमकाे च्यारीटिबाट दिइएकाे) , ८ थान ब्लांकेट, २४ सेट थम्रोकोट(न्यानो लुगा), चाउचाउ, तुटपेस्ट चकलेटसहित ३५ हजार रुपैयाँ बराबरको सामान वितरण गरियो ।
सामान पाएपछि आश्रमका अध्यक्ष तथा संरक्षक खड्क भेट्वालले खुशी व्यक्त गरे । कार्यक्रम गर्नका लागि एमआरआर टिम कोरियाबाट सन्तोष रार्इ लगायतले २० हजार रुपैयाँ सहयोग गरेका थिए ।
बाँकी रकम एमआरआर झापाका सदस्यहरुबाट संकलन गरिएको हो ।
कार्यक्रममा झापाभरिका ४० बढी एमआरआर सदस्यको सहभागिता रहेको थियो ।