काठमाडाैँ । सँस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीकाे निधन भएकाे छ ।
स्वास्थ्य अवस्थामा समस्या देखिएपछि बिहीबार पुनःआईसीयूमा सारिएका शताब्दी पुरूष सत्यमोहन जोशीको बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।
उनको १०३ बर्षको उमेरमा निधन भएको हो ।
स्वास्थ्य अवस्थामा केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । हिजाे फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो ।
डेङ्गी संक्रमण भएपछि उनलाई किष्ट मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए ।
Facebook Comments Box