काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आफूले जोखिम मोलेर संविधान संशोधनको प्रस्ताव ल्याएको भन्दै त्यसलाई कुनै हालतमा फिर्ता नलिने अडान दोहोर्याएका छन, आजको कान्तिपुर राष्ट्रिय दैनिकमा खबर छ ।
‘सरकारले संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता लिन्न ।
बरु परिमार्जन गर्न सकिन्छ’ वीरेन्द्रनगरमा बिहीबार कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै
प्रचण्डले भने, ‘सबै भूगोल, जात जातिको असन्तुष्टि सम्बोधन गरेर सरकार छिटो निर्वाचनको मिति घोषणा गर्न तत्पर छ ।’
उनले केही दिनभित्र स्थानीय निर्वाचनको मिति घोषणा गरिने बताए ।
हाल दर्ता गरिएको संशोधन प्रस्ताव कांग्रेस एमालेले नै तयार पारेको ड्राफ्ट भएको उनको भनाई थियो ।
Facebook Comments Box