झापा । झापाको भद्रपुर नगरपालिका-७ का राजेन्द्र गिरीको घरमा चोरी गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।
यही भदौ १ गते दिउँसो गिरीको घरमा चोरी भएको भन्ने सूचनाको आधारमा चोरीमा संग्लग्नहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका दुई जनालाई बुधवार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका-१० का २२ बर्षीय रितिककुमार शर्मा र भद्रपुर नगरपालिका-७ का रोशन राजवंशी रहेका छन् ।
उनीहरुलाई चोरी भएका मोवाइल फोन र सुनका बिभिन्न किसिमका गरगहनासहित प्रहरीले पक्राउ गरेको हो ।
चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box