काठमाडौं । फुटबलसंघलाई पटक–पटक जानकारी गराए पनि उसले कुनै जवाफ नपठाएपछि एसियाली फुटबल महांसघ (एएफसी)ले आयोजना गर्ने एएफसी कप खेल्नबाट नेपालको थ्री स्टार क्लब वञ्चित भएको छ ।
एएफसीले २६ सेप्टेम्बरमै एन्फालाई पत्र लेख्दै एएफसी कप प्ले अफका लागि टिम नोमिनेसन गर्न पत्र पठाए पनि एन्फाले कुनै जवाफ दिएन् । त्यसपछि एएफसीले थ्री स्टारलाई छनोटमा विजेता बनेकामा बधाई दिँदै पुनः एन्फालाई २१ नोभेम्बरमा पत्र पठाउँदै २३ नोभेम्बरभित्र टिमको नामका लागि आवश्यक प्रक्रिया पूरा गर्न अर्को पत्र लेखेको थियो । त्यसमा पनि एन्फाले कुनै जवाफ नपठाएपछि एएफसीले नेपालको नाम हटाउँदै बुधबार प्रतियोगितामा भाग लिने ३८ टिमको नाम सार्वजानिक गरेपछि नेपालको सम्भावना प्राविधिक रूपमा समाप्त भएको छ । यो खबर हामीले आजको राजधानी र कान्तिपुरबाट लिएका हौ।
एएफसीले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारले निर्धारित समयसीमामा क्लब दर्ता नगरेको भन्दै प्रतियोगिताबाट अलग गरिएको जानकारी गराएको थियो ।
थ्री स्टार सहभागी हुन नपाउने भएपछि नेपाली फुटबलको चरम अपरिपक्वता उजागर भएको छ । एएफसीले आयोजना गर्ने महत्वपूर्ण प्रतियोगिताको मौका गुमाउँदा क्लब र खेलाडीको भविष्यमाथि नै प्रश्न उठेको थ्री स्टारका महासचिव सञ्जीव शिल्पकारले बताए । उनले भने, ‘एएफसीले सबै जानकारी एन्फालाई पठाउँछ । हामीले एन्फालाई पटक पटक ताकेता ग¥यौं के हुँदै छ भनेर, तर त्यसको एन्फाले आधिकारिक जानकारी दिएन् ।’ उनले आपूmहरूले एन्फलाई आधिकारिक पत्र लेखेको भन्दै त्यसको जवाफको प्रतीक्षामा रहेको बताए । उनले भने, ‘अध्यक्ष नरेन्द्र श्रेष्ठले अन्तिम प्रयास गरिरहेको र झिनो आशा बाँकी रहेको मलाई म्यासेज आएको छ ।’ यदि नेपालले यो मौका गुमायो भने यो नेपाली फुटबलका लागि असाध्यै दुर्भाग्यपूर्ण हुनेछ । उनले लापरबाहीको चरम नमुना भएको र पटक पटक ताकेता गरे पनि त्यसको सुनुवाइ नहुन दुःखद् भएको बताए ।