झापा । झापाको बुद्धशान्ति गाउँपालिका-६ मा पौडी खेल्ने क्रममा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ ।
हिजो दिउँसो बुद्धशान्ति-४ का चन्द्र मावोको १२ बर्षीय छोरा इचिहाङ मावोको कुलोको पानीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतक बालकको शवलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाएको र घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box