काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु भएको छ ।
सल्लाघारीमा बाटोमाथिको रुख एक्कासी ढलेर बाटोमा आउँदा सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा२ख ३५८४ नं को बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९६८ नंको स्कुटर थिचिँदा बसमा सवार दुई र स्कुटरका एक जनाको घटनास्थलमा मृत्यु भएको हो ।
अन्य घाइते १२ जनाको भने नजिकै रहेको इवामुरा अस्पताल सल्लाघारी, मध्यपुर अस्पताल थिमिमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box