काठमाडौं । नेपालमा तेस्रो मुलुकका जलविद्युत लगानीकर्तालाई रोक लगाउने गरी भारतले अन्तरदेशीय विद्युत व्यापार निर्देशिका बनाएको छ। भारतीय उर्जा मन्त्रालयले सोमबार उक्त निर्देशिका जारी गरेको खबर आजको नागरिकमा छापिएको छ।
निर्देशिकामा अन्य देशमा उत्पादन भएको बिजुली भारतले आयात गर्न सरकार वा भारतीय सरकारी कम्पनी वा त्यहीका निजी कम्पनीको ५१ प्रतिशत वा सो भन्दा बढी लगानी हुनुपर्ने उल्लेख छ। भारतमा विजुली बेच्न इच्छुक देशका ‘लाइसेन्स होल्डर’ कम्पनीमा समेत भारतका विद्युत व्यापार कम्पनीको ५१ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएको हुनुपर्छ।
Facebook Comments Box