काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९९६ नमूना परीक्षण गर्दा ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ८८ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा २ सय १६ जनामा १ हजार ९ सय ८ एण्टीजेन विधिबाट परीक्षण गर्दा १ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ७१ पुगेको छ । त्यसमध्ये २ हजार ८ सय ३२ जना होम आइसोलेसनमा, १ सय ३९ जना संस्थागत आइसोलेसन र २५ जनाको आईसीयूमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा ८६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
Facebook Comments Box