काठमाडौं । मुलुकका प्रमुख अस्पतालहरूमा सरकारले अर्बौ रूपैयाँ खर्चेर खरिद गरेका स्वास्थ्य उपकरणहरू बेकम्मा भएर थन्किएका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन क्षेत्रीय अस्पताल पोखरा र अन्य अस्पतालका उपकरण मर्मत नगरी थन्क्याइएका हु।
नयाँ खरिद गर्दा कमिसन पाइने भएकाले बिग्रिएका महंगा उपकरणहरू मर्मत नगरिएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार जिल्ला अस्पतालसहित मुलुकमा १ सय भन्दा बढी सरकार अस्पताल छन्। मुलुकको सबैभन्दा पुरानो अस्पताल वीरमा मात्रै करोडौका उपकरण थन्क्याएर राखिएको छ। वीरमा युरोलोजी, न्यूरो, कार्डियो र जनरल सर्जरी, इएनटी, रेडियोलोजी,आँखा, फिजियो, ग्यास्ट्रो र अन्य रोगसँग सरोकार राख्ने उपकरण बिग्रिएको भन्दै थन्क्याएर राखिएको छ।