झापा । झापाको कमल गाउँपालिका-४ चुलाचुली मोडमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बुधवार राति सवा ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१२ प १४५३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक दमक नगरपालिका-९ का ३८ बर्षीय दिपक नेपालको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box