काठमाडौं ।संघीय समाजवादी फोरम नेपालले वर्तमान समयमा संविधानमा रहेका अधिकारको संस्थागत एवं कार्यान्वयन गर्नुपर्ने संविधानविपरीत निर्णय गरेको भन्दै नौजना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । तीनकुनेस्थित फोरमको कार्यालयमा पुगेर मंगलबार नौ नेताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन् । यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।
यो घटनासँगै फोरममा तीव्र ध्रुवीकरणको संकेत पाइएको छ । तराई–मधेसमा अन्य मधेसवादी पार्टीबाट नेता–कार्यकर्ता भिœयाउने अभियानमा लागेका अध्यक्ष उपेन्द्र यादव आफ्नै पार्टीका नेतालाई पार्टीमा राख्न भने असमर्थ बनेका छन् । वर्तमान समयमा संविधानमा प्राप्त उपलब्धि संस्थागत एवं कार्यान्वयन गर्दै आर्थिक समृद्धितिर जानुपर्नेमा पार्टी नेतृत्वले ध्यान नदिएको आरोप परित्याग गर्ने नेताहरूले लगाएका छन् ।
बहुल राष्ट्रियतायुक्त नेपालको जातीय सद्भाव कायम गर्दै सामाजिक र राजनीतिक रूपमा एकताबद्ध भई अघि बढ्नुपर्ने आजको अपरिहार्यता रहेको फोरम परित्याग गर्नेमध्येका एक राजेन्द्र खनालले बताए ।