झापा । भुटानी शरणार्थीको स्वास्थ्य सेवाका लागि जीवन समर्पित गरेका वरिष्ठ शल्य चिकित्सक डा. भम्पा राईको निधन भएको छ। ७२ बर्षको उमेरमा उनको निधन भएको हो।
लामो समय उनी विभिन्न रोगले ग्रसित थिए। उनी परिवारका सदस्य सबैको मृत्यु भएपछि झापाको दमकमा एक्लै बस्दै आएका थिए।
उनीमा रगतको कमी हुने मूल समस्या थियो।
उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा उनको निधन भएको बताइएको छ। अवस्था जटिल बन्दै गएपछि दमकको लाइफलाइन अस्पतालबाट उनलाई बिराटनगर रेफर गरिएको थियो।
भुटानले नेपालीभाषी भुटानीलाई देश निकाला गरेपछि उनी पनि उनीहरूसंगै नेपाल आएका थिए।
जीवनभर उनले शरणार्थी निशूल्क उपचार गर्दै आएका थिए।
Facebook Comments Box