काठमाडौं । प्रदेश १ ले आज आर्थिक बर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गर्दैछ।
गत सालको भन्दा २० प्रतिशतले बजेटको आकार बढ्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।
२० प्रतिशतले बजेटको आकार बढ्दा आगामी आर्थिक बर्षको बजेट ३८ अर्ब भन्दा माथिको हुने करिब पक्का भएको छ।
गत सालको प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोडको थियो।
आज दिउँसो २ बजे बस्ने प्रदेशशभाको बैठकमा आर्थिक मामिला मन्त्री इन्द्र आङवोले बजेट पेश गर्नेछन्।
Facebook Comments Box