काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका सम्बन्धमा कुनै पनि अनाधिकृत व्यक्तिको प्रवेश नभएको दाबी गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री शर्माले भने,’ बजेट निर्माणमा कुनै पनि अनाधिकृत व्यक्तिको संलग्नता छैन, यो सबै झुटो र भ्रामक हो।’
मन्त्री शर्माको जवाफमा प्रमुख प्रतिपक्षी एमालेले भने आपत्ति जनाउँदै सत्य तथ्य पत्ता लगाउन संसदीय छानवीन समिति गठनको माग गरेको छ।
अर्थमन्त्रीको जवाफपछि विरोध जनाएको एमालेले १४ गते रातिको सीसीटिभि फुटेज ल्याएर हेर्न समेत माग गरेको छ। आफूहरुको माग पूरा नभए संसद चल्न नदिने एमालेको अडान छ।
एमालेको अवरोधका कारण संसद बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
Facebook Comments Box