विर्तामोड । झापाको घेराबारीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ।
जघेराबारी– ३ स्थित लक्ष्मीपुर–घेराबारी सडकमा आज बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार केचना १ का ३२ वर्षिय रुपलाल माझीको निधन भएको प्रहरीले जनाएको छ।
राजगढबाट गिटी बोकेर केचनातर्फ जादै गरेको मे १ त २७९७ नंम्बरको ट्याक्टर सडकदेखि पश्चिम खाल्डोमा पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
माझीको शव प्रहरीले ट्याक्टर मुनि चेपिएको अवस्थामा फेला पारेको थियो।
दुर्घटनापछि ट्याक्टर चालक फरार भएको प्रहरीले जनाएको छ।
Facebook Comments Box