झापा । झापाको बिर्तामोड नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ बर्षीय डिजेन राजवंशी र फिदिम नगरपालिका-७ का २२ बर्षीय सुजन गुरुङलाई लागूऔषध ब्राउन सुगरसहित बुधवार साँझ ७ बजे पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले १५ ग्राम ब्राउनसगुर, डिजिटल तराजु १ थान र नगद २ लाख ८४ हजार ७५० रुपैयाँसमेत बरामद गरेको छ । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै इलामको देउमाई नगरपालिका-३ बाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देउमाई नगरपालिका-७ का २० बर्षीय शम्भु लिम्वु र माई नगरपालिका-८ का १८ बर्षीय सुमन लिम्बु रहेका छन् ।
बुधबार दिउँसो नेपालटार-मंगलबारे सडक खण्डमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट चेकिङमा खटिएको प्रहरी निरीक्षकसहितको टोलीले चेकजाँचको क्रममा प्रदेश १-०३-००१ प १६५५ र को.१३ प २१६६ नम्वरको मोटरसाइकलमा सवार रहेका उनीहरुको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिवन्धित ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय मंगलबारेबाट थप अनुसन्धान भइरहेको छ ।