काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले संगठनको प्राथमिकताका आधारमा नै काम गरेको बताएका छन्।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिंहले प्रहरी प्रमुख फेरिदैमा संगठनको प्राथमिकता नफेरिने भन्दै प्रहरी प्रमुखको प्राथमिकता नै आफ्नो प्राथमिकता भएको बताएका हुन् । अपराध नियन्त्रण गर्ने, वस्तुनिष्ठ अनुसन्धान गर्ने, प्रहरीको मनोबल उच्च गर्ने, प्रहरी समायोजनालाई औचित्यपूर्ण निष्कर्षमा लैजाने, मानवअधिकारको सम्मान गर्दै प्रहरीको सेवा घर घरमा पुराउने प्राथमिकताका साथ संगठन अघि बढिरहेको उनले बताए ।
उनले संगठनको प्राथमिकतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताए । निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान गर्नु आफ्नो प्राथमिकता रहेको धारणा उनले धारणा राखे।
प्रहरीको सरुवा बढुवा राजनीतिक प्रभावमा नहुने भन्दै उनले उत्कृष्टताको आधारमा मात्रै हुने जिकिर गरे ।