सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि ५ अर्ब ९० करोड रुपैयाँ बिनियोजन गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषि आधुनिकीकरणका लागि उक्त रकम बिनियोजन गरेको बताए।
यसबाहेक सरकारले किसानसँग सरकार कार्यक्रम अन्तर्गत किसानका लागि याेगदानमा आधारित पेनसन कार्यक्रम पनि ल्याउने भएको छ।
जसमा लागि किसानले जम्मा गर्ने रकममा १० प्रतिशत सरकारले जम्मा गरिदिने मन्त्री शर्माले बताए।
Facebook Comments Box