काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थतन्त्र संकटमा फस्दै गएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलम भाग लिँदै सांसद थापाले सरकारले तत्काल संकटमा फस्दै गएको अर्थतन्त्रलाई उकास्नेगरी सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
अर्थतन्त्रलाई उकास्नेगरीको जोखिम बहन गर्न सक्ने क्षमता सरकारसँग हुनुपर्ने थापाको भनाइ छ।
‘मुख्य कुरा भनेको अर्थतन्त्रको अवस्था समस्याग्रस्त मात्रै होइन, संकटमा फस्न थालेको छ । आन्तरिक र बाह्य कारणले गर्दा जोखिम बढ्यो भने त्यो जोखिमलाई बहन गर्नुपर्छ । जोखिम आइसक्यो । जोखिमलाई सम्बोधन गर्न सरकारको ध्यान जानुपर्यो’, थापाले भने ।
Facebook Comments Box