काठमाडौं । राष्ट्रपतिको कार्यालय शीतल निवास नयाँ बनाइने भएको छ । पुरानै स्वरुपमा नयाँ निर्माण सामग्री प्रयोग गरेर चार वर्षभित्र निर्माण गरिसक्ने गरी सरकारले आइतबार परामर्शदातासँग सम्झौता गरेको छ ।

उपराष्ट्रपतिको कार्यालय र निर्वाचन आयोगको भवन भने पुनः सबलीकरण मात्र गरिने भएको छ । यसका लागि सरकारले आर्थिक एवं प्राविधिक प्रस्ताव माग गरेको छ ।
सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका उपनिर्देशक सुरेश वाग्लेले राष्ट्रपति कार्यालय पुनर्निर्माणका लागि साझेदारीमा प्रस्ताव हाल्ने तीनवटा परामर्शदातालाई आइतबार छनोट गरिएको जानकारी दिए ।
एकाइले बिल्डिङ डिजाइन अथोरिटी, पेस इन्जिनियरिङ र डिजिकमलाई छनोट गरेको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Facebook Comments Box