झापा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी –धरमपुर खण्डमा यात्रुबहाक बसको ठक्करबाट एक जना प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।
ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे ८ का २६ बर्षिय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिकाका २६ बर्षिय जितुहाङ राई रहेका छन् ।
आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको यात्रु वाहक बसले मोटरसाइकलमा सवार उनीहरुलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा एक जना प्रहरी जवान र अर्का भर्खरै स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरी हुन् ।
Facebook Comments Box