काठमाडौं । सरकारले आन्तरिक विमानस्थलहरुमा शुक्रबारबाट अनिवार्य गर्ने भनिएको रात्रिकालीन उडान केही समयका लागि स्थगन गरेको छ।
वायुसेवा सञ्चालक संघले सरकारको बाध्यकारी नियम नमान्ने र त्यो गर्न बाध्य पारिए उडान रोक्ने चेतावनी दिएपछि नेपाल नागरिक उड्डयन प्राधिरकणले रात्रिकालीन उडान रोकेको हो।
वायुसेवा सञ्चालकहरुको चेतावनीपछि पर्यटनमन्त्री प्रेम आले, पर्यटनसचिव महेश्वर न्यौपाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा सञ्चालकहरुबीच भएको छलफलले रात्रिकालीन उडान सञ्चालन गर्न कार्यदल गठन गर्ने सहमति गरेको छ।
कार्यदलको प्रतिवेदनपछि बल्ल रात्रिकालीन उडान गर्ने सहमति वायुसेवा सञ्चालकहरुले गरेका छन्।
Facebook Comments Box