झापा । झपाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो साढे १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ मिक्लाजुङ-७ मधुमल्लाका ३५ बर्षीय सुरेश लावतीलाई चेकजाँच गर्ने क्रममा लावतीको साथबाट लुपिजेसिक २७ एम्पुल, डाईजापाम २७ एम्पुल, फेनारगन-२७ एम्पुल बरामद गरी नियन्त्रणमा लिएको हो ।
लागऔषध सहित पक्राउ परेका लावतीको सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box