सप्तरी । सप्तरीको सुरुंगा नगरपालिका–३ मा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्।
स्थानीय शनिचर महतोका तीनवटै घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएको छ। आगलागीबाट अन्तपात, लत्ताकपडा, फर्निचर, भाँडाकुँडासहित सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
लहान नगरपालिकाको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो।
Facebook Comments Box