झापा । झापाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेलम्ची नगरपालिका-१० सिन्धुपाल्चोक घर भइ झापा विर्तामोड नगरपालिका- ८ स्थित नवदुर्गा सुनचाँदी पसल संचालन गरी बसेका २८ बर्षीय सविन गोले तामाङ र आठराई गाउँपालिका-७ तेह्रथुम घर भइ विर्तामोड-८ मा टेम्पो ग्यारेज संचालन गरी वसेका २७ बर्षीय धनबिर बराल रहेका छन्।
सोमबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका तामाङ र बरालको साथबाट ६ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box