तनहुँ । बलात्कार प्रकरणमा पक्राउ परेका पल शाहविरुद्ध नाबालिगले अदालतमा बयान फेरेकी छन्।
उनले आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेख गरिएका विवरण सत्य नभएको बताएकी हुन्।
तनहुँ अदालत स्रोतका अनुसार नाबालिग महिलाले आफूलाई अरुले उक्साएर जाहेरी दिन बाध्य बनाएको बताएकी छन्।
अदालतमा बयान फेरेसँगै उनलाई प्रभावमा पारेर बयान फेर्न लगाइएको आशंका गरिएको छ।
कलाकार पल शाहविरुद्ध जबरजस्ती करणीको उजुरी दिएकी नाबालिग किशोरीका बुवाले पनि बयान फेरेका छन्।
नाबालिगको तर्फबाट प्रहरीमा जाहेरी दिएका बाबुले आइतबार जिल्ला अदालत तनहुँमा गरिएको बकपत्रका क्रममा बयान फेरेको अदालत स्रोतले बताएको छ। बयानका क्रममा उनले शाहविरुद्ध दबाब र प्रभावमा परेर जाहेरी दर्ता गराएको बताएका छन्।
Facebook Comments Box