काठमाडौं । पत्रकार ऋषि धमलाले दिएको स्पष्टीकरणमा चित्त नबुझेपछि प्रेस काउन्सिलले उनलाई बयानका लागि बोलाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्केको दिन विमानको ककपिटमै उनी छिर्न खोजेका थिए।
चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा जहाजको संवेदशील ठाउँमा पुगेको भन्दै काउन्सिलले यसअघि धमलालाई स्पष्टीकरण सोधेको थियो।
धमलाले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि उनलाई काउन्सिलले सोमबार १२ बजे बयानका लागि बोलाएको हो।
Facebook Comments Box