झापा । झापाको दमक नगरपालिका-१० स्थित भित्री सडक खण्डमा ट्रयाक्टर अनियन्त्रित भइ पल्टिँदा १ जनाको मृत्यु भएको छ ।
हिजो बेलुका साँढे ५ बजे सिमेन्ट बोकेको मे.१ त ३७४६ नम्वरको ट्रयाक्टर अनियन्त्रित भइ पल्टँदा इन्जिनको भागले किचेर घाइते भएका सोही ट्रयाक्टरमा सहयोगीको रुपमा गर्ने झापा दमक नगरपालिका-८ का २३ बर्षीय विकास ताजपुरियाको एडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box