रूपन्देही। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकारकै कारण देशभर भ्युटावर बन्न सफल भएको बताएका छन्।
मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ स्थित शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रमा निर्माण भएको साढे ११ करोडमा भ्युटावरको उद्घाटन गर्दै ओलीले आफ्नो पार्टीको सरकार नबनेको भए ‘भ्युटावर’ बनाउने सोच अरुमा नआउने बताएका हुन्। ।
कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको भ्युटावरको पहिलोदेखि छैठौ तलासम्म व्यवसायिक प्रयोजन हुनेछ भने बाँकी तलाबाट दृश्यअवलोकन हुनेछ । १० तले भ्युटावर १ सय ३४ फिट उचाइ छ ।
भ्युटावरमा लिफ्ट सुविधाका साथै सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्ज रुम, डिपामेन्र्ट स्टोर, अपिस रुम, एटेज ट्वाईलेट रुम बास मिल्ने गरी बातानुकूलित कोठा, लाइब्रेरीलगायतका संरचनाहरू बनाइएको छ ।
भ्युटावरसंगै २ विगाहा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू अहिले बनिरहेका छन् । भ्यू टावरको उत्तरतर्फ स्वीमिङ पुल, अगाडि म्युजिकल फाउन्डेस निर्माण भइरहेको छ ।
भ्युटावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म आखाँले सजिलै देख्न सकिने छ भने दुरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिने बताइएको छ।
भ्युटावरको उद्घाटनपछि ओलीले पनि आसपासका क्षेत्रको दृश्यावलोकन गरेका थिए।